सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छोराले गरे बुवा र ठुला बुवाको हत्या, आमा घाईते

२०७५ मंसिर २१, १२:१२ कमल सावद

कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले दुई बुवाको हत्या गरेका छन्। बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ। आमा  द्धीलबहादी देवी थरुनीको टाउको र बाँया कानमा चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ। श्रीमती माईत गएको र आफुलाई जानकारी नगराई किन माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले बताएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस