सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बेपत्ता युवकको अवस्था अझै अज्ञात, सुरक्षाकर्मी परिचालन

फाइल फोटो
फाइल फोटो
२०७८ असोज ६, १२:१२ खबर संवाददाता

बैतडीः बैतडीस्थित महाकाली नदीमा बेपत्ता दार्चुलाको लेकम गाउँपालिका-३ का २७ वर्षीय टीकाराम टमाटाको खोजी कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। गत आइतबार उनी झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला महाकालीमा खसेर बेपत्ता भएका थिए। 

उनको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजीका लागि झुलाघाटमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस