गोदावरी चेम्बर अफ कमर्शको साधारणसभा पुषमा
गोदावरी चेम्बर अफ कमर्शको प्रथम साधारणसभा आउदो पुष २१ गते हुने भएको छ। चेम्बरको आज बसेको बैठकले पुष २१ मा साधारणसभा गर्ने निर्णय गरेको हो।
यस्तै आजको बैठकले १५ जना व्यवसायीलाई साधारण सदस्यमा मनोनित गरेको छ। बैठकले पदम कार्की, लिलाराम सापकोटा, हेमप्रकाश उप्रेती, जय बहादुर खडका, मान बहादुर चौधरी,
तिर्थराज ओझा मोहम्मद नईमुदिन भाट, प्रमोद अधिकारी,राजू भट्टराई, सुवाश गौतम लगायतका १५ जनालाई साधारण सदस्यमा मनोनीत गरेको हो। मनोनित सदस्यले समेत अध्यक्षका लागि दावी गर्न सक्नेछन्।