सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सय बहत्तर परिवारलाई राहत वितरण

। फोटो स्रोत ।
२०७५ मंसिर २०, १२:३७

बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १ सय ७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ। गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए। ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाका जिल्लास्तरीय कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए। बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट १ सय १५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको नगर उपप्रमुख कविता विष्टले बताईन। रासस
 

कमेन्ट लोड गर्नुस