सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी घर भएका क्रिकेट संघका अध्यक्ष चन्द जनसेवाश्री पदकबाट विभूषित

फाइल फोटो
फाइल फोटो
२०७८ असोज ३, ०१:४३ खबर संवाददाता

बैतडीः  सरकारले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई जनसेवाश्री पदकबाट विभूषित गरेको छ। संविधान दिवसको अवसरमा चन्दलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवाश्री पदकबाट विभूषित गरेकी हुन्।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा चन्दलाई  विभूषण प्रदान गरिएको हो। बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएका चन्दले नेपाली क्रिकेटको विकासका लागि लामो समयसम्म योगदान गरेकाले विभूषित गरिएको हो।

अध्यक्ष  चन्द विगत २७ वर्षदेखि निरन्तर रुपमा क्रिकेटको विकासमा लागिरहेका छन्। चन्दले सरकारले विभूषित गरेकोप्रति खुसी व्यक्त गर्नुका साथै धन्यबाद समेत ज्ञापन गरेका छन्। 

कमेन्ट लोड गर्नुस