सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम बान्निगढी जयगढको वडा कार्यालयमा तालाबन्दी

२०७८ असोज २, ०१:४४ खबर संवाददाता

धनगढीः अछामको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका अन्तरगत वडा न. १ को कार्यालयमा तालाबन्दी गरिएको हो। स्थानीयहरुले सडक मर्मतको माग राख्दै तालाबन्दी गरेको बताएका छन्। 

बडाकोट कुण्डाली गाजरा सडक मर्मत गर्नुपर्ने भएको तर पटक पटक माग गर्दा समेत चासो नदेखाएको तालाबन्दी गर्न बाध्य भएको स्थानीय शंकर खड्काले बताए। यता, वडा अध्यक्ष हिरण्ड बहादुर खड्काले भने बर्षाको बेला भएकाले सडक मर्मत गर्न नसकिएको बताएका छन्।

कमेन्ट लोड गर्नुस