सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र संघको मुख्यालयमा धर्ना दिन केसी अमेरिका जाँदै

२०७८ भदौ ३१, ०२:४८ खबर संवाददाता

काठमाडौंः प्राडा गोविन्द केसी संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी धर्ना दिन बिहीबार अमेरिका जाने भएका छन। सोलिडारिटी फर डा गोविन्द केसी अलायन्यसले एक विज्ञप्ती जारी गर्दै विश्व शान्ति दिवसका अवसरमा ‘दुई दिने सामुहिक सत्याग्रह’को अवधारणा लिएर केसी न्युयोर्क जान लागेको जनाकारी दिएको हो। 

‘विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यले उहाँको अगुवाईमा सेप्टेम्बर २० र २१ तारिख दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ‘ विज्ञप्तिमा उल्लेख गरिएको छ।   

शान्ति दिवसका अवसरमा हुने दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामुहिक सत्याग्रह’का रुपमा लिइएको अलायन्यसले जनाएको छ। सेप्टेम्बर १४ देखि सुरु भएको संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएकाले त्यस दिन शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो ।

कमेन्ट लोड गर्नुस