सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा नगरपालिकाको ताला अझै खुलेन, छानबिन समिति गठनमा असहमति

२०७८ भदौ ३१, ०२:१९ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार भएको तालाबन्दी अझै खुलेको छैन। छानबिन समिति गठनमा सहमति हुन नसक्दा तालाबन्दी कायम रहेको बताईएको छ। चार दलहरुले नगरपालिकामा देखिएका अनियमितताको छानविन गरि सार्वजनिक गर्न समिति बनाउन भनेका थिए। तर तयसमा सहमति हुन नसक्दा तालाबन्दी लम्बिएको हो।

बुधबार आन्दोलनरत दल र नगर प्रमुख भीमबहादुर देउवाबीच छानबिन समिति बनाउने सहमति भएपनि बिहीबार भने सम्झौता बिथोलिएको हो। बुधबार छानबिन समिति गठनको निर्णयमा देउवाले सहमत हुन नमानेपछि दलहरुले आफ्नो दलबाट नगरकार्यपालिका वा नगरसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु मध्येबाट पाँच सदस्यीय छानबिन समिति गठनको प्रस्ताव गरे। तर, नगरप्रमुख देउवा त्यो पनि मानेका छैनन्। देउवाले आफ्नो दलको पनि सहभागिता हुनुपर्ने बताउँदै आएका छन्। 

नगरप्रमुखले यस्तो बताएपछि सहमति हुन नसकेर तालाबन्दी कायमै रहेको राष्ट्रिय जनमोर्चाका नेता उमेश कडेलले बताए।

कमेन्ट लोड गर्नुस