सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरीकै संरक्षणमा श्रृखलावद्ध चोरीका घटनाहरु बढ्दै

२०७५ मंसिर १९, ०६:३९ कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ धनगढी गाउँमा श्रृखलाबद्ध चोरीका घटनाहरु बढ्दै गएका छन्। चोरीका घटनाहरु दैनिक रुपमा बढ्न थालेपछि गाँउ धनगढीमा त्रास फैलिएको छ। तिहार पछिको समयमा मात्र गाँउ धनगढीका धेरै घरहरुमा चोरी भएको छ। घरमा रहेको नगद सहित गर गहना, मोवाईल तथा ल्याप्टक, लत्ताकपडा लगायत समानहरु चोरी भईरहेको स्थानीयले बताएका छन्। 

चोरीमा संग्लनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाउँदा समेत प्रहरीले उनीहरुलाई छोडिदिने गरेको गुनासो स्थानीयको छ। शान्ति सुरक्षाका लागि खटिएको प्रहरीले नै चोरीमा संग्लनहरुको संरक्षण गरेको गाँउ धनगढीका स्थानीयको भनाई छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस