सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल (क्रान्तिकारी) कैलालीको अध्यक्षमा जोशी

२०७८ भदौ २९, ०९:४१ खबर संवाददाता

धनगढीः मोओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीको जिल्ला अध्यक्षमा समीर जोशी चयन भएका छन्।

२०औँ जिल्ला सम्मेलनले जोशीलाई अध्यक्षमा चयन गरेको हो। 

उपाध्यक्षमा भरत जोशी, महेश थापा, शंकर डगौरा र आयुष परियार चयन भएका छन्। सचिवमा राजु पुनमगर, सहसचिवमा बाधु चौधरी, सन्तोष राना, प्रतिभा रावत,  मेहमद अलि र कोषाध्यक्षमा राधिका चौधरी चयन भएका छन्।  ६१ सदस्यीय कैलाली जिल्ला समिति चयन भएको संगठनले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस