सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा फेरि वडा अधिवेशन गराउन पौडेल समूहको माग

२०७८ भदौ २८, ०४:४१ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो समूहले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पौडेलले भने, “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो। त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो। यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ। फेरि चुनाव गराउनुपर्छ। हामीलाई फेक चुनावको मान्य छैन। निर्वाचन समितिले मान्यता दिनुहुँदैन।”
 

कमेन्ट लोड गर्नुस