प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत
धनुषा: प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७र७८ प्रकाशित गरेको छ। सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३।५ प्रतिशत रहेको छ।
प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथम पटक सर्वेक्षण प्रकाशित गरिएको हो। प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सृर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सोसँग सम्बन्धित विवरण संलग्न गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले बताए।
सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ।
कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ। प्रदेश नं २ मा आव २०७७र७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०।२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो। सर्वेक्षणअनुसार राष्ट्रिय तहमा १३।३ प्रतिशत हिस्सा ओगटेको प्रदेश नं २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३।२ प्रतिशत योगदान पु¥याउन सफल देखिएको छ।