सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा जोशी दोहोरिए

धनगढी: सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन्। शनिबार धनगढीमा भएको संघको १०औं साधारण सभा तथा ८औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा धर्मपालसिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष ) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष) चयन भएका छन्। महासचिव, सचीव, सह–सचीव कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः दुर्गाप्रसाद जोशी, मोहनसिंह साउद, तारा धामी, ध्रुबराज कार्की र रमेश बम चयन भएका छन्।
यसैगरी ११ जना सदस्यसमेत निर्विरोध चयन गरिएको निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले जानकारी दिए। योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरिसिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल सदस्य चयन भएका हुन् । त्यस्तै रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद पनि सदस्य चयन भएका संयोजक जेठाराले बताए।
