प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा एक हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२० मध्ये विराटनगरमा ५०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा पाँच, इलाम र सङ्खुवासभामा दुई दुई, ताप्लेजुङ, खोटाङ र उदयपुरमा एक एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आजै ४२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक माहिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।