सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा ३४९ सङ्क्रमित

२०७८ भदौ २४, ०८:२९ रासस

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, सुनसरीमा ७१, धनकुटामा छ, इलाम र उदयपुरमा चार÷चार, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो। 

प्रदेशमा आजै ३५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस