सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः दुई हजार ७२ सङ्क्रमणमुक्त

२०७८ भदौ २२, ०६:२४ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन्। योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।७ प्रतिशत रहेको छ। 

हालसम्म नेपालमा सक्रिय सङ्क्रमित ३० हजार ३०३ रहेका छन्। पाँच सयभन्दा बढी संङ्क्रमित भएका जिल्ला १७ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणबाट अहिलेसम्म १० हजार ८७९ को मृत्यु भएको छ। नेपालमा प्रतिदश लाखमा ३६६।७ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ। 

मुलुकभर हाल ५१४ जना सघन उपचार कक्ष आइसियु, १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत रहेको छ। 

आज ८० हजार ४०० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ ज्नाले पूर्ण मात्राको खोप लगाइ सकेका छन्। 
 

कमेन्ट लोड गर्नुस