सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका पुरुषको भारतमा मृत्यु

२०७८ भदौ २२, ११:३९ खबर संवाददाता

दार्चुला: दार्चुलाका एक पुरुषको भारतमा मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका घर भई हाल भारतमा कार्यरत ४८ वर्षीय दयाल भाटको सोमबार मृत्यु भएको हो। 

एक्कासी बिरामी भएका उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको मृगौलामा समस्या रहेको भन्दै अस्पतालले बताएको थियो। मृगौलामा समस्या आएपछि उपचारका क्रममा उनको ज्यान गएको आफन्तले बताएका छन्। 

उनको सोमबार नै दाहसंस्कार गरिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस