सुदूर नेपाललाई विश्वसँग जोड्दै

४६ करोडभन्दा बढी राजस्व सङ्कलन

२०७८ भदौ २०, ०६:०५

बारा: मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ। 

तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत १४ लाख नौ सय, विविध शुल्कबापत ११ लाख दुई हजार र पुँजी बिक्री शुल्कबापत रु २९ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ। 

कार्यालयअन्तर्गत पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा र इनर्वासिरा गाउँ  विकास समिति रहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस