बझाङमा महिला मृत फेला
२०७८ भदौ २०, ०३:४४
बझाङ: बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको खप्तड छान्ना गाउँपालिकाको धौलीगाड खोलामा खप्तड छान्नागाउँपालीका वडा नम्बर ५ की ४५ वर्षीया लालमती सिँह मृत फेला परेकी हुन्।
उनी शुक्रबार बेलुकी घरबाट हिडेकी उनी शनिबार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
कमेन्ट लोड गर्नुस