बैतडीमा भोलि कांग्रेसको वडा अधिवेशन
बैतडी: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बैतडीमा भोलि (सोमबार) वडा अधिवेशन हुने भएको छ। कतिपय जिल्लामा भदौ १८ गते वडा अधिवेशन भएपनि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बैतडीमा भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो।
जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नै भोलि वडा अधिवेशन हुने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए। धेरैजसो वडामा सर्वसम्म नेतृत्व चयन हुने सम्भावना बलियो रहेको उनले बताए।
वडा अधिवेशन सम्पन्न गर्नका लागि ८४ ओटै वडामा मतदान अधिकृत खटाइसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ।