अछाममा २२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति
२०७८ भदौ १९, ०१:३८
धनगढीः अछाममा एक २२ वर्षीया युवती कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। जिल्लाको मंगलसेन नगरपालिका-११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी हुन्।
रावल अछाममै कम उमेरमै कांग्रेसको वडा सभापति बनेकी छन्। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए।
कमेन्ट लोड गर्नुस