सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बाफी गाउँको प्रश्न : प्रधानमन्त्रीको तुईन मुक्त देश कहिले बन्छ ?

२०७५ मंसिर १५, ०३:५१ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा वलीले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णय नै देशलाई तुईन मुक्त बनाउने गरेका थिए। पहिलो कार्यकाल सकिएर २ जना प्रधानमन्त्री हँुदै फेरी दोश्रो पटक वली प्रधानमन्त्री भएका छन् तर देश तुईन मुक्त हुन सकेको छैन््। ज्स्ले गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लामा तुईनकै साहरामा यात्रा गर्नुपर्ने बाध्यता छ। 
डोटी जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नम्वर ३ बाफी गाउँ र शिखर नगरपालिका वडा नम्वर २ मुडेगाउ जोड्ने सेती नदिमा पुल नहुँदा बाफी गाउँका स्थानीय तुईनकको यात्रा गर्न बाध्य छन्। उनीहरु ज्यान जोखिममा राख्दै अस्थायी तुईनमा यात्रा गर्दै आउका छन्। 
निर्वाचनका बेला अस्थाई तुईनलाई मुद्धा बनाएर नेताहरुले भोट मागेका थिए। तर तुईन विस्थापित गरि पुल बनाउने तर्फ कसैको ध्यान गएको छैन्। 
 

कमेन्ट लोड गर्नुस