सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली फुटबलका प्रशिक्षकले भनेः फेसबुकमा लेखेँको बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्

२०७८ भदौ १६, ०१:१५ खबर संवाददाता

काठमाडौंः नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह गरेका छन्। भारतसँग मैत्रीपूर्ण फुटबलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन्। ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा  ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्’, उनले भने।

उनले खेल मैदानदेखि फिफाको हेल्थ प्रोटोकल र सुरक्षा व्यवस्थाको  सबै तयारी पूरा भइसकेको बताउँदै नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफूहरूले समूहमा विश्वास गर्ने भन्दै प्रशिक्षणको तारिफ समेत गरे। ‘हामी समूहमा विश्वास गर्छौ र समूहको रूपमा ऊर्जावान् छौँ’, उनले भने, ‘हाम्रो प्रशिक्षक गडफादरजस्तो हुनुहुन्छ।’

कमेन्ट लोड गर्नुस