सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘१२० विद्यार्थीबाट सुरु भएको हाम्रो यात्रामा अहिले १६ सय बच्चाहरु छन्’

२०७८ भदौ १५, ०४:२७ खबर संवाददाता

धनगढी: एक्सिस विद्याआश्रम धनगढीकी प्रधानाध्यापक अनिता पन्तसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।  

तपाईंको जीवन भोगाइको अनुभूति के छ ?
पछिल्ला १० वर्षमा जुन तीव्र गतिले विकास भएको छ। योसँग मेरो बाल्यकाल जोडे भने ठ्याक्कै उल्टो हुन्छ। अहिलेको समयलाई हेरेर तुलना गर्दै मेरो बाल्यकाल अभावमा थियो भन्न मिल्दैन। त्यो समयको परिवेश र समयलाई हेरेर भन्ने हो भने कुनै किसिमको अभाव थिएन। म एक शिक्षित घरमा जन्मेको बच्चा हो। हामी ६ जना भाईबहिनी थियौ। आमाबुबा शिक्षित भएर होला उहाँहरुले यसरी हुर्काउनु भयो कि अहिले तुलना गरे पनि यस्तै थियो। छोराछोरीमा कुनै पनि किसिमको विभेद थिएन। खाना लाउन पुग्ने परिवार नै थियो। अहिलेको जस्तो टेक्नोलोजीको र परिवेश त पाइ तर त्यसलाई म अभाव भन्दिनँ। मेरो बाल्यकाल एकदमै रमाइलो र सहज तरिकाले बित्यो।

त्यसपछि अर्को फेज आउँछ शिक्षा ग्रहण गर्ने। नेपाली समाजको परिवेश अनुसार २०/२१ वर्षको उमेरमा बिहे गर्ने। यो फेज पनि मेरो एकदमै राम्रो तरिकाले बित्यो। बच्चाको हुर्काईसँगै  पढाई लगभग ३० वर्षको उमेरमा नै सकिसकेको थिए। बिहेपछि पनि एकदमै सहयोगी परिवार मिल्यो। ३० वर्षको  उमेरपछि जब धेरै कुरा बुिझन्छ र कुनै कुरामा धेरै केन्द्रीत भइन्छ, अनि दौडदुप सुरु गर्न थाले। अहिले फर्केर हेर्दा १६ वर्ष जति पहिला देखिन अहिलेसम्मको समय एकदम रसिलो थियो। मेहेनत पनि टन्नै गरियो। यस्तै हो जीवनको अहिले सम्मको भोगाई।

खुशी प्राप्ति के हो ?
खुशी प्राप्तिलाई धेरैले भौतिक चिज प्राप्तिको रुपमा बुझ्नुहुन्छ तर खुशी भनेको मेहेनत नै हो। व्यस्त रहनु नै हो। अर्थपूर्ण व्यस्त जहाँ उदेश्य प्राप्ति जोडिएको हुन्छ। दिनभरि आफ्नो काममा लगनशिल भएर लागिरहे दिनको अन्त्यमा सुत्न जाँदा त हामी दिनभरीको कुरा रिकल जस्तो गर्छौ नि हो त्यो बेला नै त खुशी प्राप्त हुने हो। मलाई दिनभरी काम गरिसकेपछि कहिल्यै पनि यो महसुस भएन कि मैले आजको समय खेर फाले। मलाई यसैबाट खुशी मिल्थ्यो। मेरो भोगाइले मेहेनत नै खुशी हो भन्छ। फेरि परिवार, बच्चा र आफ्नो काम यी तीन कुरामा ब्यालेन्स गरेर अगाडि बढ्ने प्रयास म हरेक समय गरिरहेकी हुन्छ्, यही मै खुशी छु।

एक्सिस खोल्नुको कारण र यसरी सफल हुँदै जानुको कारण के हो ?
हामीले स्कुल सुरु गर्दै जाँदा धनगढीका अभिभावकहरुले आफ्नो बच्चाहरुलाई परम्परागत तरिकाबाट बाहिर निस्केर शिक्षा दिन खोजिरहनु भएको थियो। हामीले यो कुरा थाहा पायौं र हामीहरु स्वंयम्लाई पनि बच्चा पढाउन त्यो किसिमको स्कुल खोज्न थाल्यौं। तर भेटेनौ। सबैले राम्रो नै गरिरहेका थिए तर पनि खोजेको जस्तो केही नयाँ हामीले पनि न भेटेपछि म त्यो सोचको साथ यो क्षेत्रमा लागे। र, सुरुवातदेखि नै हामीले एउटा कुरामा जोड दियौं।

व्यक्तित्व विकास, केवल रट्ने मात्रै लगाउने, याद गर्ने मात्रै लगाउने र रिजल्ट केन्द्रीत गराउने गरेर बच्चाहरुलाई पढाउने कुरामा कहिल्यै जोड दिएनौ। बिस्तारै बच्चाहरु स्मार्ट बन्दै जानुपनि भयो र यही नै हाम्रो सफलताको कुन्जी भयो। १२० जति विद्यार्थीबाट सुरु भएको हाम्रो यात्रा अहिले १५/१६ सय बच्चाहरुसँगै हिड्दै छ। 

एक्सिसलाई अब आगामी दिनमा अगाडि बढाउने सपना के–कस्तो छ ?
एक तवरले समाजमा हामी स्थापित त भइसकेका छौ तर यो अहिलेको लेभलभन्दा एक लेभल अगाडि जानुपर्ने आवश्यकता छ। हरेक कुरा व्यापार व्यावसाय जेसुकै पनि समय परिवेश अनुसार परिवर्तन हुँदै जानुपर्ने हुन्छ। ५ वर्षपछी अहिलेको गुणस्तरले पुग्दैन। समाजले अर्कै कुरा माग्छ जसलाई पूरा गर्न म र मेरो टिम सचेत छ। हामी रणनीति बनाएर काम गरिरहेका छौ। तपाई एक्सिसलाई अहिले जुन अवस्थामा देख्नुभएको छ अबको २ वर्षमा फरक पाउनुहुने छ।

कमेन्ट लोड गर्नुस