सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा निर्माणाधीन अपर चमेलियामा क्षति

२०७८ भदौ १५, ०७:२१ खबर संवाददाता

दार्चुला : खार्चुलामा अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुर्याएको छ। निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढिले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा माटो भरिएको छ। यस्तै निर्माणस्थलमा रहेका स्काभेटर, ट्याक्टर, र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस