सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पहिरोमा घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइदै

२०७८ भदौ १४, ०४:३६ खबर संवाददाता

धनगढी : दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याउन थालिएको छ। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याउन थालिएको हो।

दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।

बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो। 
 

कमेन्ट लोड गर्नुस