सवा ९ कराेडकाे शित भण्डारका लागि एक लाख मात्रै आउँदा सम्झौतामा ढिलाई
सवा ९ करोडको लगानीमा कैलालीको फुलबारीमा निर्माण हुने अत्याधुनिक शित भण्डार गृह निर्माणको काम अगाडी बढाउन ढिलाई भईरहेको छ । गत साउनमै ठेक्का स्वीकृत हुँदा समेत शित भण्डारका लागि शहरी विकास तथा भवन निर्माण विभागले एक लाख मात्रै बजेट विनियोजन गरेका कारण सम्झौता हुन नसकेको हो । ठेक्का स्वीकृति भएको चार महिनासम्म पनि सम्झौता हुन नसकेपछि शित भण्डार निर्माणको काममा ढिलाई भईरहेको छ । तर शंशोधन सहितको आवश्यक बजेट माग गर्दै शहरी विकास तथा भवन निर्माण विभाग हुँदै अर्थ मन्त्रालयमा फाईलन रोकिएको छ । योजना कार्यान्वयन गर्नका लागि निर्माण कम्पनीलाई २० प्रतिशत मोविलाईजेशन पेस्की अर्थात कार्यादेश दिनुपर्नेमा अव भने एक रुपैया नदिएर नै शित भण्डार निर्माणको काम सुरु गर्ने तयारी थालिएको छ ।
कैलालीको फुलवारीमा ९ करोड २८ लाखको लगानीमा शित भण्डार निर्माणको लागि आवश्यक काम अगाडी वढाउन बजेट अभावले समस्या पारिरहेको हो । शघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका– १८ मा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुने शित भण्डार गृहका लागि ठेक्का स्वीकृत भएको चार महिना हुँदा पनि सम्झौता भएर काम अगाडी वढ्न सकेको छैन् । यो योजनाका लागि शहरी विकास तथा भवन निर्माण विभागले एक लाख मात्रै बजेट पठाउँदा सम्झौता गरेर काम अगाडी वढाउन समस्या भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका प्रमुख ईन्जिनियर सुरेश वाग्लेले जानकारी दिए ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले कार्यान्वयन गर्ने गरी निर्माणको प्रक्रिया अगाडी वढाईएको शित भण्डारको काम सम्झौता नभएकै कारण सुरु हुन सकेको छैन् । निर्माणको काम सुरु गर्नका लागि ठेक्का रकमको २० प्रतिशत मोविलाईजेसन पेस्की तथा कार्यादेश दिनुपर्ने हुँदा ९ करोढ २८ लाखको झण्डै एक करोड ८० लाखभन्दा वढी रकम निर्माण कम्पनीलाई ठेक्का सम्झौता गरेको समयमा दिनुपर्छ । त्यो रकम पनि नहुँदा कार्यान्वयन ईकाले नै सम्झौताका लागि अलमल गरिरहेको कार्यान्वयन ईकाईका प्रमुख ईन्जिनियर वाग्लेको भनाई छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले बजेट शंशोधन गरेर कार्यान्वयन ईकाईले विभागमा पठाएकोमा त्यहाँवाट फाईल अहिले अर्थ मन्त्रालय पुगेको छ । योजना अनुसारको आवश्यक बजेटका विषयमा अर्थ मन्त्रालयमा फाईल पठाईसकिएको त्यसले पुर्णता पाउन भने सकेको छैन् । अर्थ मन्त्रालयले बजेट शंसोधन गरेर स्वीकृत गर्न वेवास्ता गरिरहेको भएपनि ताकेता गरिरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ईन्जिनियर मणीराम गेलालले बताए ।
शघन शहरी विकास आयोजनाको एक शहर, एक पहिचान कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्वर १८ को फुलवारीमा शित भण्डार गृह निर्माणका लागि आवश्यक कामको प्रक्रिया सकिदा पनि निर्माणको कामले गति लिन नसकेको हो । ठेक्का पाएको रविना कन्ट्रक्सनले सम्झौताका लागि आवश्यक कागजात समेत वुझाई सकेको छ । कार्यादेशको रुपमा रकम नपाए पनि अव भने निर्माणको काम सुरु गर्ने ठेक्का पाएको र रविना कन्ट्रक्सनका प्रवन्ध निर्देशक राम गोपाल श्रेष्ठले बताए । निर्माणको सम्झौता भएपछि डेढ बर्षको अवधिमाा निर्माण सम्पन्न गरि सक्नुपर्ने सम्झौता गरिने छ । २ हजार मेट्रिक टन क्षमताको शित भण्डार गृह निर्माण भएपमिा यसक्षेत्रका किसानहरु लाभान्वित हुने आशा गरिएका वेला निर्माणको काम नै सुरु हुन ढिलाई भईरहेको छ ।