सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मलामी गएका युवक बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १३, १२:३८ खबर संवाददाता

धनगढीः बैतडीमा मलामी गएका एक युवक बेपत्ता भएका छन्। जिल्लाको सिगास गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय प्रकाशसिंह धामी बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार आफन्तको मलामी गएका उनी खोलाले बगाउँदा बेपत्ता भएका हुन्। उनीसँगै अन्य चार जनालाई पनि खोलाले बगाएको थियो। उनीहरुको उद्धार भएको बताउँदै बेपत्ता धामीको पनि खोजी कार्य जारी रहेको उनका आफन्त राजेन्द्र धामीले बताए।

यता, खोजी कार्यका लागि गाँजरी प्रहरी चौकीबाट प्रहरी टोली पनि घटनास्थल तर्फ हिडेको छ।


 

कमेन्ट लोड गर्नुस