प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण भएको छ। सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार÷चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो। आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन्। यस अबधिमा सङ्क्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ।