बैतडीकी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग
धनगढीः भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपालीज एसोसिएसन अफ भिक्टोेरिया(न्याभ), गैरआवशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा संकलन भएको २ लाख ७० हजार ८ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो।
च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गर्दै सहभागीले दिएको रकम स्वर्गीय भट्टका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ। उक्त म्याच ३ वर्षदेखि हुँदै आएको न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याचका संयोजक प्रेमराज उप्रेतीले बताए। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत भट्टका परिवारलाई रकम हस्तान्तरण गरिएको हो।
गत माघ २१ गते विद्यालय गएकी बैतडीकी भागरथीको बलात्कारपछि हत्या भएको थियो। बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ।