दार्चुलामा गोकुलेश्वर-खलंगा सडक अवरुद्ध
धनगढीः दार्चुलाको महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर-खलंगा सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका-६ दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
यस्तै शुक्रबार रातिको वर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिका अन्तरगतको सडक पनि अवरुद्ध भएको बताइएको छ। सडक सुचारु गर्नका लागि प्रयास गरिरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि यातायातका साधनहरु बाटोमै रोकिएका छन्। यात्रुहरु अलपत्र परेका छन्।