सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एकै वर्ष ३४६ धार्मिक पर्यटनका पूर्वाधार निर्माण, अधिकांश योजना सामुदायिक मन्दिरका

२०७८ भदौ १२, ११:३३ कमल सावद

धनगढीः सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०७७/०७८ मा तीन सय ४६ धार्मीक पर्यटनका योजना कार्यान्वयन गरेको छ। धार्मीक पर्यटन पूर्वाधारमा अधिकांश सामुदायिक मन्दिर छन्।

मन्त्रालयले २५ झरना तथा ताल संरक्षण, २४ पार्क निर्माण, ५० पदमार्ग निर्माण, ९ भ्यूटावर निर्माण, ८ कोटदरबार संरक्षणलाई मुख्य उपलब्धीमा समावेश गरेको छ। एक वृतचित्र निर्माण, ५ वटा होमस्टे दर्ता तथा ३ सङ्ग्रालय निर्माणलाई समेत एक आर्थिक वर्षको उपलब्धीमा मन्त्रालयले समावेश गरिएको छ। मन्त्रालयको पर्यटन क्षेत्रमा ७२ करोडका कार्यक्रमहरु रहेकोमा गत आर्थिक वर्षमा ५६ करोड खर्च गर्दै उक्त कार्यक्रमहरु कार्यान्वयन गरिएका हुन्। 

उद्योग तथा वाणिज्य क्षेत्रमा ५८ करोड बजेट रहेकोमा ५१ करोड खर्च भएको छ। गत आर्थिक वर्षमा नौ हजार २ सय ८५ नयाँ उद्योग दर्ता भएका छन। सबैभन्दा बढी कृषिजन्य उद्योग ६ हजार तीन सय ७९ दर्ता भएका छन् भने सबै भन्दा कम सूचनामुलक ७ उद्योग दर्ता भएका छन। ३ सय ८४ उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको छ। ९० उद्योगलाई ७ करोड ३४ लाख ८६ हजार ५ सय २० रुपैँया अनुदानसमेत वितरण गरिएको छ। 

भू–संरक्षणमा ३ करोड ५० लाख बजेट रहेकोमा मन्त्रालयले तीन करोड १७ लाख खर्च गरेको छ। एक सय ११ पहिरो–गल्छी निर्माण, एक सय ८० नदी किनार संरक्षण तथा तट्बन्धन, ९१ रिर्चाज पोखरी निर्माण, ८४ पानी मुहान संरक्षण, २३ सिचाँई कुलो निर्माण, ६ क्षतिग्रस्त भूमिको संरक्षण तथा १८ पूर्वाधार संरक्षणका कार्यक्रम भू–संरक्षण तर्फ मन्त्रालयले कार्यान्वपयन गरिएको छ। 

यस्तै वन क्षेत्रमा ८२ करोड ६० लाख ६४ हजार बजेट रहेकोमा ५७ करोड खर्च भएको छ। वन क्षेत्रमा ३४ लाख ५४ हजार २ सय ३७ बिरुवा उत्पादन, तीन हाईटेक नर्सरी निर्माण, २ सय ७८ हेक्टरमा वृक्षारोपण, ९० हेक्टरमा वन अतिक्रमण नियन्त्रण, एक सय २१ वन मुद्धा दर्ता, ५८ सामुदायिक वन हस्तान्तरण, तीन सय ३९ सामुदायिक वनका कार्ययोजना नविकरण गरिएको मन्त्रालयले वार्षिक प्रगति प्रतिवेदनमा समावेश गरिएको छ। 

दुई अर्ब ७८ करोड ४३ लाख ८८ हजार जम्मा बजेट रहेकोमा मन्त्रालयले दुई अर्ब ८ करोड १४ लाख २६ हजार अर्थात७४ दशमलव ७५ प्रतिशत खर्च गरेको छ। मन्त्रालयको तथ्यांकमा प्रत्येक आर्थिक वर्षम खर्चको प्रतिशत समेत बृद्धि भएको देखिएको छ। तर त्यसको उपलब्धी भने देखिएको छैन। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस