सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने

२०७८ भदौ १२, ०६:०८ रासस

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आज इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन्। ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। 

हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन्। ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ। उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई÷दुई खेल खेल्ने तय भएको छ। ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। 

क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो। कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेको क्यानले जनाएको छ।   

कमेन्ट लोड गर्नुस