सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर युवासंघका जिल्ला सदस्यको मृत्यु

२०७८ भदौ ११, ०९:१४ खबर संवाददाता

बैतडी: भिरबाट लडेर गम्भीर घाइते भएको युवा संघ नेपाल,बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा आज धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहीबार साँझ सदरमुकामबाट घर फर्किने स्थानीय कलुवाडमोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि आज बिहानै ४ बजे धनगढी रेफर गरिएको थियो।

भाटको आज बिहान करिब ११ बजेतिर धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । भाट राष्ट्रिय युवा संघ नेपालका बैतडी जिल्ला कमिटि सदस्य समेत हुन्। मृतक भाटका एक वर्षका एक छोरा र श्रीमती छन्।

कमेन्ट लोड गर्नुस