धनगढीमा महेन्द्रा ट्याक्टरको शोरुम उद्घाटन
२०७८ भदौ १०, ०६:०२
धनगढीः धनगढीमा महेन्द्रा ट्याक्टरको शोरुम उद्घाटन गरिएको छ। धनगढी उप–महानगरपालिकाको बोराडाडीमा अप्सन नेपाल प्रालिले ट्याक्टरको शोरुम सञ्चालन गरेको हो।
बिहीबार महेन्द्र कम्पनीका नेपाल इन्चार्ज आशिष कुमार जोशीले शोरुमको उद्घाटन गरेका थिए। अप्सन नेपाल प्रालिले कञ्चनपुरको बेलौरी र भासीमा शोरुम सञ्चालन गर्दै आएको छ। सेतीका लागि धनगढीमा पहिलो शोरुम भएको प्रालिले जनाएको छ।
पहाडी जिल्लामा समेत शोरुम सञ्चालनको तयारी थालिएको सञ्चालक शिवसिंह कार्कीले बताए।
कमेन्ट लोड गर्नुस