सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लेन सडक र हुलाकी सडक आयोजना एक महिनादेखि प्रमुख विहीन

हल्लाखल्लीका साथ अनुगमन गर्ने जनप्रतिनिधि र प्रदेश सरकार मौन

२०७५ मंसिर १२, ०४:३० सीताराम ओझा

सुदुरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको मोहनापुल अत्तरीया सडक र हुलाकी राजमार्ग आयोजना एक महिनादेखि प्रमुख विहीन भएको छ । दुवै आयोजनाको जिम्मेवारी लिएका आयोजना प्रमुख मनिषकुमार शाहको सरुवा भएपछि अहिले ठुला आयोजना निमित्तको भरमा सञ्चालन भईरहेका छन् । दुई वर्ष निर्माण समय अवधि रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा भईरहेको छ । भारत तर्फ ढिलो गरी सुरु भएको सडक खण्ड अवको केही महिनामा सम्पन्न हुने अवस्थामा पुग्दा पनि गौरीफण्टा नाकाको मोहनापुलदेखि अत्तरिया जोड्ने छ लेन सडक निर्माण शुरु भएको १७ महिनामा भौतिक प्रगति ४० प्रतिशत समेत पुगेको छैन । दुई बर्षमा निर्माण सक्नु पर्ने मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना समय अवधिमा  पुरा नहुने पक्का भएका वेला एक महिनादेखि आयोजना कार्यालय प्रमुख विहीन रहेको छ । १ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको सडक प्रदेश ७ को आर्थिक विकास र सम्वृद्धिसँग जोडिएको भएपनि आयोजनाका प्रमुख मनिषकुमार शाह सरुवा भएर गएपछि आयोजना कार्यालय निमित्तको भरमा रहेको छ । निमित्तक्कै भरमा आयोजना सञ्चालन हुँदा धेरै कामकाज समेत प्रभावित हुँदै आएको मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाका सव ईन्जिनियर दिनेशराज ओझाले जानकारी दिए । 

केही समय आसपासका घर धनीहरुले मुद्धा हालेका कारण काम प्रभावित भएकोमा अहिले क्षेत्राधिकार खाली नभएको वहानामा निर्माण कार्यले गति लिन सकेको छैन् । त्यसमा आयोजना प्रमसख नै नहुँदा धेरै कामकाज प्रभावित हुँदै आएका छन् । ६ लेन सडक आयोजना जस्तै अवस्था राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्गको पनि आएको छ । हुलाकीको प्रमुखका रुपमा पनि शाहलाई नै सडक विभागले जिम्मेवारी दिएकोमा यो आयोजना पनि प्रमसख भएर सञ्चालन भईरहेको छ । कैलाली र कञ्चनपुर जिल्लामा हुलाकी राजमार्ग निर्माण सुरु भएको ९ बर्ष हुन लागेको छ । तर त्यसको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको छ । सुदुरपश्चिमको तराई क्षेत्रको आर्थिक समृद्धिका लागि सुरु गरिएको हुलाकी सडकको काम निकै सुस्त गतिमा भईरहँदा कैलाली जिल्लामा अझै २४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेकोमा कञ्चनपुरमा भने अहिलेसम्म कालोपत्रे समेत सुरु भएको छैन् । धनगढीको मुख्य बजारको दक्षिण क्षेत्र भएर निर्माण हुनुपर्ने ६ किलोमिटर सडक पनि सात महिनादेखि सुरु हुन सकेको छैन् । आयोजना प्रमुख नभएका कारण निमित्तले सञ्चालन गरिरहेको हुलाकी आयोजनालाई गति दिन समस्या भईरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयका निमित्त प्रमुख नरेन्द्रराज ओझाले बताए । 

दुवै आयोजना प्रमुख विहीन भएर ढिलासुस्ती रुपमा काम भईरहेकै वेला आयोजना प्रमुख ल्याउन भने कसैले पहल गरेका छैनन् । ६ लेन सडक आयोजना र हुलाकी राजमार्ग आयोजनाका प्रमुख मनिषकुमार शाहको गत कार्तिक १८ गते सरुवा भएको थियो । तर शाह दशैं तिहार अघिदेखि आयोजना कार्यालय आउन छोडि सकेका थिए । सडक विभागले आयोजना प्रमुखलाई सरुवा गरेको एक महिना हुन लाग्दा पनि आयोजना प्रमुख पठाउन ध्यान दिएको छैन् । तर केही दिनमा पठाउने तयारी भईरहेको सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले बताए । निर्माणको काममा ढिलाई भईरहेकै वेला जनप्रतिनिधि र प्रदेश सरकारले कुनै पहल गरेका छैनन् । निमित्तकै भरमा आयोजना अगाडी बढेका वेला ६ लेन सडक र हुलाकी राजमार्गको निर्माणको कामको अनुगमन गरेका प्रतिनिधि सभाका सदस्य नारदमुनि रानाले पनि आयोजना प्रमुख पठाउनका लागि कुनै पहल गरेको देखिदैन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा राना सम्पर्कमा आएनन् भएन भने भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्रनाथ शर्माले वैठकमा भएको भन्दै बोल्न मानेनन् । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस