सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिलगढी–साँफे सडक सञ्चालन

२०७८ भदौ ९, ०७:१४ रासस

डोटी: दुई दिनदेखिको वर्षाका कारण सिलगढी–साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गस्थित अछामको चौरपाटी गाउँपालिका–६ मार्कुमा गएको पहिराले अवरुद्ध भएको साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आज बिहान पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय साँफे, प्रहरी चौकी चौखुट्टे तथा स्थानीयवासीको सहयोगमा अवरुद्ध राजमार्ग खुलाई अहिले सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस