स्विमर गौरिकालाई कोरोना संक्रमण
काठमाडौंः नेपाली स्विमर गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गौरिकाले मंगलबार सामाजिका सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनकारी दिएकी छन्।
‘सबैमा नमस्ते, म के जनकारि गराउन चाहन्छु भने पुरा डोज खोप लागाएको र केहि लक्षण नदेखिए पनि कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका कारण मलाई कोभिड १९ संक्रमण पोजेटिभ देखिएको छ,’गौरिकाले लेख्छिन्, ‘म यहाँको सरकारको नियम अनुसार १० दिन आइसोलेसनमा बसेकी छु। हामीले एक समुदाएको रूपमा माक्स लगाएर र नियमित रूपमा परिक्षण गरेर भाइरसको फैलावट रोक्न सक्दो कोसिस गर्नुपर्छ। किनभने मलाई कुनै लक्षण देखिएको थिएन र पीसीआर परीक्षण नगरेको भए संक्रमण पोजेटिभ छ भनेर थाहा हुने थिएन। कृपया सबैजना सुरक्षित रहनुहोला र मलाई शुभ सन्देश पठाउनेहरु सम्पूर्णमा धेरै धेरै धन्यबाद।’
गौरिकाले यसै महिना जापानमा भएको टोकियो ओलम्पिकमा १०० मिटर महिला फ्रि(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।