सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकाहरूको लागि डिजिटल एप नेपाली वर्णमाला–२ सार्वजनिक

२०७८ भदौ ८, १२:५१ खबर संवाददाता

धनगढी: कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढ्नबाट बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निःशुल्क नेपाली वर्णमाला–२ डिजिटल एप गुगलप्ले स्टोरमा सार्वजनिक गरेको छ।

साथै यो एपमा बालबालिकाहरूको लागि व्यजन वर्ण, चित्र बनाउ, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदी राखिएको फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिएका छन्।  

नेपाली वर्णमाला नेपाली बालबालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो। यो एपले बाल—बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो। खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ। 

कमेन्ट लोड गर्नुस