अनुदानको नुन र चामलमा वालश्रम
सरकारी अनुदानको ढुवानीको नुन र चामलमा बालकहरुको प्रयोग भएको पाईएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र खाद्य संस्थान कोल्टी डिपो र कवाडी डिपोमा नुन, चामल ओसार पोसार गर्नमा वालवालिका प्रयोग हुने गरेको पाईएको छ । ट्याक्टर र खच्चरबाट ओसार पोसारमा वालवालिका प्रयोग भइरहेको स्थानीय पत्रकार लक्ष्मीराज पाध्ययाले वताए । १४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि श्रमिकको रुपमा काम लगाउनु हुदैन भन्ने कानुनी व्यवस्था भएपनि तर राज्यको ढुवानी अनुदानको नुन र चामलमा बालवालिका प्रयोग भईरहेका छन् । एक जना ट्याक्टर चालकले आफुहरुलाई वालवालिकालाई नुन ओसारपोसारमा प्रयोग गर्नु हुन्न भन्ने पनि जानकारी नभएको र उनीहरु लामो समयदेखि गाडी लोड अनलोड गर्दै आएको वताए । राज्यले बालश्रम अन्त गर्नुको साटो सरकारी काममा नै वालवालिका प्रयोग भइरहेका छन् । प्रमुख जिल्ला अधिकार चेतराज बरालले भने ढुवानीको जिम्मा ठेकेदारको भन्दै उनीहरुले प्रयोग गरेको बताए । बालवालिका प्रयोग भएको भए रोक्न लगाउने र लगाउनेलाई कारवाही गर्ने बताए ।
बाजुरामा मात्र नभई सुदुरपश्चिम प्रदेशमै बालश्रम हुने गरेको पाईएको छ । यहाँका स्थानीय बजारमा समेत बालश्रम बढ्दो छ । सुदरपश्चिम प्रदेशका धनगढी, महेन्द्रनगर, अत्तरीया, दिपायल डडेलधुरा लगायतका बजारका होटल र पसलमा वालवालिकालाई कामदारका रुपमा लगाईएको छ । प्रशासनको पहुँच भएकै ठाँउमा समेत बालश्रम भईरहेको पाईन्छ । कैलालीको धनगढी कञ्चनपुरको महेन्द्रनगर, डोटीको दिपायल बजारमा होटल र पसलमा १४ बर्ष मुनिको वालवालिका कामदारको रुपमा भईरहेको भएपनि कतै बाट अनुगमन नभएको नागरिक समाजका अगुवाले वताएका छन् । वालवालिकाका क्षेत्रमा थुप्रै सरकारी तथा गैर सरकारी सस्था काम गर्ने भएको भएपनि वालश्रम हट्न सकेको छैन् । होटल, पसल, गाडी र घरेलु कामदारका रुपमा वालवालिका प्रयोग हुने नागरिक समाज बाजुराका अगुवा कासी बिकले वताए ।
१४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि श्रमिकको रुपमा काम लगाउनु हुदैन भन्ने ब्यबस्था रहेको छ । त्यो भन्दा बालवालिकालाई लगाए पनि कति घण्टा काम गराउने कस्तो खाले काममा लगाउने यदि लगाउनु पर्ने अबस्था भएपनि श्रम कार्यलयको अनुमति लिएर मात्र लगाउनु पर्ने रहेको कानुनी ब्यबस्था रहेको छ । वालश्रम ऐन २०५६ ले वालवालिकालाई श्रमिक काममा लगाएमा नगद जरिवाना र कैदको ब्यबस्था रहेको छ ।