सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्यालय बन्द गर्न स्थानीय तहलाई पत्र

२०७८ भदौ ७, ०१:५३ खबर संवाददाता

धनगढीः बैतडीमा विद्यालय सञ्चालन नगर्न  जिल्ला प्रशासन कार्यालयले जिल्लाका स्थानीय तहसँग अनुरोध गरेको छ। प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालय बनद गर्न अनुरोध गरेको हो।

कोरोनाको जोखिम कायमै रहेकाले विद्यालय बन्द गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  

हाल जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विद्यालय सञ्चालनमा छन्। पञ्चेश्वर गाउँपालिकाले भदौ ७ देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। यसका साथै जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेकोले प्रशासनले सञ्चालन नगर्न पत्राचार गरेको हो।


 

कमेन्ट लोड गर्नुस