सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा ३ नेपाली विद्यार्थीको मृत्यु

२०७८ भदौ ७, १२:२३ खबर संवाददाता

काठमाडौं : एक हप्ताको अवधिमा नेपालबाट अस्ट्रेलिया गएका ३ विद्यार्थीको मृत्यु भएको छ। 

पर्थमा दुई वर्षअघि अध्ययनका लागि गएका रामेछापका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र शुक्रबार एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।

२ वर्षअघि उच्च अध्ययनका लागि पर्थ पुगेका रामेछापका सम्राट तामाङ पर्थको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

यस्तै लिभरकी बिरामी रश्मी लेखकको उपचारकै क्रममा निधन भएको थियो भने डब्बोमा नवलपरासीकी एक महिला आफ्नै कोठामा मृत फेला परेकी थिइन्। कोरोनाको प्रभाव बढ्दै गएको र लकडाउनको कडाइका कारण रश्मीको अन्तिम संस्कार सिड्नीमा गरिएको छ।

यस्तै एनएसडब्लुको डब्बोकी कोठामै मृत अवस्थामा फेला परेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको पहिचान खुलेको छैन।

कमेन्ट लोड गर्नुस