ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यू भएको छ भने २ जना घाईते भएका छन्। दिपायलबाट वायलतर्फ जाँदै गरेको से १ त ६६४९ नम्बरको ट्रयाक्टर केआईसिँह गाउँपालिका–३ बाशुदेबीमा सडकमै पल्टीएर दुर्घटना भएको हो। दुर्घटनामा परी केआईसिह–३ बाशुदेवीकै ३२ बर्षिय पारस मल्लको मृत्यू भएको हो। सोही ठाउँका १८ बर्षिय उपेन्द्र बम र २८ बर्षिय मिन बम घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए।