सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका अफगानिस्तानमा रहेका नागरिकको विवरण संकलन

२०७८ भदौ ६, १२:४३ खबर संवाददाता

बैतडीः जिल्ला प्रशासन कार्यालय बैतडीले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको उद्धार गर्न सरकारको निर्णयानुसार नागरिकको विवरण संकलन गरिएको हो। 

बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रशासनको पत्रअनुसार स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलन गरिरहेका छन्। भदौ ७ गतेसम्म संकलन गरी पठाउन स्थानीय तहहरुलाई निर्देशन दिएको बताईएको छ।


 

कमेन्ट लोड गर्नुस