बैतडीमा मालपोतको राजस्व बढ्यो, ८३ लाख ३६ हजार बढी संकलन
२०७८ भदौ ५, ०४:४५
बैतडीः मालपोत कार्यालय बैतडीमा राजस्व संकलन बढेको भएको छ। गत आर्थिक वर्षमा कार्यालयले ८३ लाख ३६ हजार ११० रुपैयाँ राजस्व संकलन गरेको छ। आव ०७६/७७ मा ६१ लाख २६ हजार २७९ मात्र राजस्व संकलन भएको थियो।
अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा वर्ष २२ लाख ९ हजार ८३१ रुपैयाँ बढी राजस्व संकलन भएको मालपोत कार्यालय कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस