सुदूर नेपाललाई विश्वसँग जोड्दै

लैङ्गिक हिंसा विरुद्धको अभियान चलेकै बेला भाउजुमाथि कुृटपिट

२०७५ मंसिर १०, ०४:४४

ललित केसी, अछाम 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलेकै बेला अछाममा एक महिला देवरबाट कुटपिटमा परेकी छन्। लैङ्गिक हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियानका अवसरमा अछाम सहित देशैभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ की ३५ वर्षिया मीना रोकायालाई उनका देवरले कुटपिट गरेका हुन्।

मीनाले आफूलाई कुटपिट र गालीगलौज गर्ने देवर भवे रोकाया विरुद्ध मंगलसेन नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएकी छिन्। देवरले आफूलाई पटक पटक कुटपिट र गालीगलौज गर्दै आएको तर वदनाम हुने डरले कसैलाई नभनेको अति गर्न थालेपछि उजुरी दर्ता गराएको उनले बताईन्।

देवरले आफूलाई ज्यान मार्ने धम्की समेत दिएको मीनाले बताईन्। २ वर्ष पहिले श्रीमान गुमाएकी मीनाका दुई छोरा र एक छोरी छन्। मंगलसेन नगरपालिकाको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख सरिता उपाध्यले लैङ्गिक हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान चलेका बेला हिंसामा परेकी मीनालाई न्याय दिने बताईन्। 

  
 

कमेन्ट लोड गर्नुस