सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाइतेलाई स्थानीय तहको आर्थिक सहयोग

२०७५ मंसिर १०, ०४:१२

दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा दार्चुलाका महाँकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । बस दुर्घटनामा परी घाईते भएर उपचारमा रहेका छ जना घाइतेका लागि प्रति स्थानीय तह एक÷एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले बस दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने घोषणा गरिएको बताए । उनले प्रदेश सरकारले हेलिकप्टर मार्फत बिरामीको उद्धार गर्यो, हामी पनि स्थानीय सरकारकोतर्फबाट घाइतेको उपचारमा सहयोग पु¥याउन चाहन्छौँ– उनले भने । गत शुक्रबार मालिकार्जुन जात्राबाट फर्किने क्रममा पवनदूत यातायातको म १ ख ४३६ नम्बरको बस दुर्घटना हुँदा एकको मृत्यु भएको थियो भने छ जना गम्भीर घाईते भएका थिए । 

 

कमेन्ट लोड गर्नुस