सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नदीले बगाउँदा एक जना बेपत्ता

२०७८ भदौ ४, १०:५० रासस

बैतडी: सुर्नया नदीमा बगेर आज एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।  

दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन्। बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।  
 

कमेन्ट लोड गर्नुस