बैतडीमा पहिरोले दुई घर बगायो
२०७८ भदौ ४, ०२:२४
धनगढीः बैतडीमा अविरल वर्षापछि आएको पहिरोले दुई घर बगाएको छ। जिल्लाको पाटन नगरपालिका १० मा पहिराले घर बगाएको प्रहरीले जानकारी दिएको छ।
हिजो रातिको वर्षापछि स्थानीय हर्कबहादुर कुँवर र हिक्मत कुवरको घर बगाएको प्रहरीले जनाएको छ। पहिरोले मानवीय क्षति भने भएको छैन्। तर, पशुचौपायाहरु मरेको बताईएको छ।
घर पुरिएपछि दुई कुवर परिवार विस्थापित भएका छन्।
कमेन्ट लोड गर्नुस