बझाङमा पहिरोले नदी थुनियो, सतर्कता अपनाउन आग्रह
२०७८ भदौ ४, १२:४९
बझाङः बझाङमा पहिरोले नदी थुनिएको छ। जिल्लाको बुङ्गल नगरपालिकास्थित सानिगाड नदी पहिरोले थुनिएको हो। लगातारको बर्सातका कारण माथिबाट पहिरो खस्दा नदी थुनिएको बताईएको छ।
सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
कमेन्ट लोड गर्नुस